विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष

रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले भने, “हामी सञ्चित लगानी कोष स्थापना गर्दै छौँ । विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्छन् । त्यो कोषलाई उच्च प्रतिफल दिने आयोजनामा खर्च गर्नेछौँ । उनले सरकारका तर्फबाट रकम थप गरि

सम्बन्धित सामग्री

न्यू बिजनेश एज २२औं वार्षिकोत्सव विशेष: आईपीओबाटै भित्रियो करीब ३८ करोड विप्रेषण

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि लागू गरिएको १० प्रतिशत आरक्षणका कारण वैशाख दोस्रो सातासम्म १९ कम्पनीको आईपीओ विक्रीबाट रू. ३७ करोड ७० लाख ८२ हजार ६०० रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल सरकारले विदेशी मुद्रा भित्र्याउने उद्देश्यसहित गरेको यो व्यवस्था गत मङ्सिर १४ गतेदेखि जारी भएको कालिञ्चोक दर्शनको आईपीओबाट लागू भएको थियो । नेपाल सरकारले यस वर्षको बजेटमै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सरकारले गरेको उक्त व्यवस्था कार्यान्वयनका लागि गत भदौ २६ गते ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७३’ छैटौं संशोधन गरी लागू गरेको हो । बैंकिङ प्रणालीमार्फत देशमा विप्रेषण भित्र्याउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी हुन थालेकाले देशको शोधनान्तर स्थिति सबल बन्ने विश्वास बोर्डको छ । आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्थाले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन प्रोत्साहन भई विदेशी विनिमय सञ्चितिमा सहयोेग पुगेको बोर्डको भनाइ छ । पूर्ण प्रविधिमैत्री नेपालको धितोपत्र बजारका कारण विदेशमा रहेका नेपाली श्रमिकले सहज रूपमा आईपीओ खरीद गर्न सम्भव भएको हो । शुरूका दिनमा प्राविधिक कठिनाइ भए पनि पछिल्लो समय सहजै आईपीओ खरीद गर्न सकिएको हाल कतारको रोजगारीमा रहेका दिनेश श्रेष्ठले बताए । नेपालमा रहँदा आईपीओ भर्दै आएका श्रेष्ठले विदेशमा गए पनि पनि आईपीओ भर्ने गरेको तर पर्दै नपरेको गुनासो गरे । पछि आफूजस्तै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले १० प्रतिशत आरक्षित शेयर खरीद गर्न पाउने थाहा पाएपछि आईपीओ भर्ने गरेको बताए । वैदेशिक रोजगारीमा रहेका नेपालीले विप्रेषण खाताबाट मात्र आईपीओ खरीद गर्न पाउने प्रक्रियाले केही समय कठिन भए पनि हाल सबै प्रक्रिया पूरा गरी आईपीओ खरीद गरिरहेको जानकारी श्रेष्ठले दिए । वैदेशिक रोजगारीमा रहेका धेरैलाई आईपीओमा आरक्षणको विषय थाहा नभएको उनले बताए । जो नेपालमा रहँदा आईपीओ भर्ने गर्दथे, ती व्यक्तिले विदेशमा गएर पनि चासो राखेकाले आरक्षित शेयरका बारेमा जानकारी पाएको भनाइ उनको छ । यो विषयमा वैदेशिक रोजगारीमा रहेका आम नेपालीमा जनचेतना बढाउनुपर्ने मागसमेत उनले गरे । देशको अर्थतन्त्रसँग जोडिएको विप्रेषण बढाउन आईपीओलाई समेत माध्यम बनाइएकोमा सरोकारवालाहरूले प्रशंसा गरेका छन् । लगानीकर्ता छोटेलाल रौनियारले विदेशमा कार्यरत श्रमिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्थाले उनीहरू उत्साहित भएको बताए । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले विप्रेषणमार्फत नेपालको अर्थतन्त्रलाई विगतका दिनमा पनि सघाइरहेकोमा पछिल्लो समय आईपीओमार्फत उनीहरूलाई लगानीको अवसर दिइनु सकारात्मक पक्ष भएको रौनियारले बताए । ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७३’ छैटौं संशोधन लागू भएपछि वैशाख दोस्रो सातासम्म आईपीओ जारी गरेका १९ कम्पनीको ३७ लाख ७० हजार ८२६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिएको छ । बोर्डले निर्देशिका लागू गरेपछि आईपीओ जारी गर्न स्वीकृति माग गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर छुट्ट्याएपछि स्वीकृति प्रदान गर्दै आएको छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा भित्र्याउने पहल पनि बोर्डबाट भइरहेको छ । यो अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपालीमा प्राथमिक बजारमार्फत आईपीओ वितरण गर्दा दोस्रो बजारमा पनि कारोबारको वातावरण बन्ने आशा बोर्डको छ । हाल प्राथमिक बजार खाली नहुनेगरी नै कम्पनीहरूको आईपीओ विक्रीमा आइरहेको छ । त्यसैले भोलिका दिनमा पनि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आईपीओमार्फत विप्रेषण बढ्ने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनलाइनमार्फत आईपीओ खरीदमा सघाउन अनलाइनमार्फत नै विप्रेषण खाता खोल्न सकिने व्यवस्था बैंकहरूले गरेका छन् । सार्वजनिक निष्कासनका शेयर खरीदका लागि सी–आस्बा सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाबाट वैदेशिक रोजगारीमा रहेका नेपालीले विप्रेषण खाता खोल्न र उक्त खाताको सीआरएन नम्बर लिन सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएर गएका नेपालीले मात्र आरक्षित शेयरमा आवेदन दिन सक्नेछन् । विप्रेषण बचत खाता भएका र उक्त खातामा पछिल्लो ६ महीनामा रोजगार गन्तव्य मुलुकबाट कम्तीमा ५० हजार रुपैयाँ बराबर जम्मा गरेका नेपालीले आरक्षित आईपीओमा आवेदन दिन सक्छन् । श्रमस्वीकृति लिएर गएका नेपाली नागरिक खाडी मुलुकमा बढी भएकाले विप्रेषण खाता नै हुनुपर्ने व्यवस्थाले समस्या भएको हुन सक्ने अनुमान स्वदेशमै रहेका लगानीकर्ताले गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई जुन उद्देश्यले आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो, उक्त व्यवस्थामा नीतिगत बाधा भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छन् ।

सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रि–२०७८ का अवसरमा शुभकामना दिँदै उहाँले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । यसै गरी उपराष्ट्रपतिले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त …

नेपाल बंगलादेश बैंकको अनलाइन मुद्दती खाता

काठमाडौं (अस) । नेपाल बंगलादेश बैंकले ग्राहक सुविधालाई दृष्टिगत गरेर अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना नेपाली तथा आप्रवासी नेपालीका लागि ल्याइएको बैंकले बताएको छ । योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने विश्वास बैंकको छ ।

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छः गृहमन्त्री खाण

काठमाण्डौं, २ पुस । गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग बिहीबार गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताएका हुन् । उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी […]

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।  उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डे...

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री खाँणले त्यसतर्फ सरकार गम्भिर रहेको बताउनुभयो ।

विदेशमा अलपत्र नेपालीका शव पनि ल्याइने

नेपाल सरकारले विदेशमा अलपत्र नेपाली श्रमिकका साथै शव पनि ल्याउने भएको छ । लकडाउनका कारण लामो समयदेखि विदेशमा