अर्घाखाँची : लुम्बिनी प्रदेशमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएको झण्डै ५ महिना बितिसकेको छ। तर, दोस्रो डोजको अझै टुंगो छैन। पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो खोप लगाईसक्नु पर्छ। तर पहिलो डोज लगाएको १६ हप्ता काटिसक्दा पनि खोप नआएपछि यहाँका नागरिक कोरोनाबाट बच्न नसकिने भन्दै चिन्तित भएका छन्।लुम्बिनी प्रदेशमा भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका २ लाख ७८ हजार ४ सय ७६ जना दोस्रो खोपको पर्खाईमा छन्। गत २०७७ सालको फागुन महिनाको अन्तिम हप्तामा कोभिशिल्ड खोपको पहिलो डोज