काठमाण्डाै - यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भेरोसेलको पहिलो खोप लगाएका सबैले दोस्रो डोज लगाउन पाए पनि कोभिसिल्डक...