तुलसीपुरका व्यापारीलाई खोपको व्यवस्था गर्न चेम्बरको माग

न्युज अफ नेपाल, तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका सबै व्यापारीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको समयमा प्रति व्यापारीले दैनिक दर्जनौ ग्राहकहरुसंग कारोबार गर्ने भएकाले व्यापारी र ग्राहक पनि जोखिममा पर्ने भएकाले तत्काल खोपको व्यवस्था गर्न सम्बन्धित निकायसंग माग गरेको हो […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग चेम्बरको माग :  निजी क्षेत्रलाई १० प्रतिशत कोभिडविरुद्धको खोप

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले  प्रधानमन्त्री शेरबहादुर देउवासँग निजी क्षेत्रका व्यवसायीलाई न्यूनतमको कोभिड-१९ विरुद्ध खोपको व्यवस्था गर्न आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरू र सदस्यहरूले भेटेर खोपको व्यवस्था गर्न माग गरेका हुन् ।  निजी क्षेत्रलाई प्राथमिकताका आ…

उद्योगी व्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन चेम्बरको माग

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका कारण अर्थतन्त्रमा गम्भीर असर परेको बताएको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि कोभिड महामारीले उद्योगी तथा व्यवसायीलाई आक्रान्त तुल्याएको उसको भनाइ छ । महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा अत्यावश्यक वस्तु उत्पादन उद्योग तथा व्यवसाय सञ्चालनका लागि खोप सुविधा उपलब्ध गराउन चेम्बरले सरकारसँग माग गरेको छ । समयमै कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकाले अग्रपंक्तिमा खटिएको व्यावसायिक क्षेत्रको आत्मबलमा ह्रास आएको चेम्बरको धारणा छ । मुलुकमा जारी निषेधाज्ञाका कारण अधिकांश व्यवसाय बन्द हुन पुगेका  र अर्कोतर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नहुँदा उद्योग, व्यवसाय सञ्चालनमा समेत चुनौतीपूर्ण अवस्था सिर्जना भएको चेम्बरले जनाएको छ । चेम्बरले उद्योग तथा व्यवसाय सञ्चालनका समग्र निजी क्षेत्र जोखिमयुक्त वर्गमा पर्ने हुँदा आफ्ना पदाधिकारी तथा सदस्य, चेम्बरमा आबद्ध वस्तुगत संघ, द्विराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगरस्तरीय चेम्बर पदाधिकारी, उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई दुवै चरणको खोपको व्यवस्था गर्न सरोकारवाला निकायसँग माग गरेको छ ।