अष्ट्रेलियामा डढेलो लाग्दा घुम्न गएका प्रधानमन्त्री निर्वाचनमा पराजित, सत्ता विपक्षीको हातमा

सिड्नी (अष्ट्रेलिया) । सन् २०१९ मा अष्ट्रेलियामा प्रधानमन्त्रीका रुपमा स्कट मरिसनको जित चमत्कार थियो । मरिसन आफैंले हार्छु भनेर प्रक्षेपण गरेको चुनावमा उनले जित हात पारेका थिए । तर अहिले चाँहि मरिसनलाई चमत्कार अभाव भएको देखिएको छ । अर्थात् हालै भएको निर्वाचनमा मतदाताहरुले कन्जर्भेटिभ दल लिबरल नेशनल गठबन्धनको विपक्षमा मत दिएका छन् । पछिल्लो निर्वाचनमा कन्जर्भेटिभ दलले ५२ सिटमा मात्रै जित हात पारेको छ । उता, विपक्षी दल लेबरले बहुमत प्राप्त गरेको छ । तर ७२ सिटमा जित हात पारेको लेबरले स्पष्ट बहुमत भने पाएको छैन । योसँगै विपक्षी नेता एन्थोनी अल्बानिज प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पछिल्लो निर्वाचनमा बेहोरेको हार मरिसनले स्वीकार पनि गरिसकेका छन् ।  कोरोना भाइरसको महामारी नियन्त्रण र महामारीबाट अर्थतन्त्र उकास्न सरकारले पाएको सफलताले देशमा संकट आएको समयमा मरिसनको अनुपस्थिति लगायत अन्य कारणलाई जित्न सकेन । जसले गर्दा पछिल्लो चुनावमा मरिसनले हार बेहोर्नु परेको विश्लेषकहरु बताउँछन् । देशमा आपत पर्दा, जनतालाई उनको आवश्यकता धेरै भएको समयमा मरिसन गायब थिए । सन् २०२० को शुरुमा अष्ट्रेलिया विनाशकारी डढेलोको चपेटामा आएको थियो । त्यति बेला डढेलो नियन्त्रणलाई प्राथमिकतामा राख्नुको सट्टा उनले आफ्नो बिदालाई महत्व दिए । डढेलो फैलिएर कयौंले ज्यान गुमाउँदा मरिसन हवाईमा बिदा मनाउन मस्त थिए । आलोचना चर्किएपछि उनी बीचमै फर्किनु परेको थियो भने फर्किएपछि पनि डढेलो प्रभावित क्षेत्रको भ्रमणमा जाँदा स्थानीयहरुले उनलाई र्याख र्याख्ती पारेका थिए । एक जनाले मरिसनलाई म तिमीसँग हात मिलाउँदिन भने । अर्का एक जनाले मत नै पाउँदैनौं भनेका थिए भने मरिसकेको व्यक्ति अनि घर जलेर घरबार बिहिन भएकाहरुको बारेमा प्रश्न गर्नेहरु पनि टन्नै थिए ।  महिलामाझ मरिसनको अलोकप्रियता पनि हारको अर्को कारण भएको बताइएको छ । रक्षामन्त्रीको कार्यालयमा पूर्व महिला सरकारी कर्मचारी बलत्कृत भएको घटना सार्वजनिक भएपछि यौन उत्पीडनका सयौं घटनाहरु बाहिरिए । देशको संसद जस्तो ठाउँमै महिलाहरु असुरक्षित रहेको भन्दै सरकारविरुद्ध चर्को प्रदर्शन भयो । यस घटनामा आफ्नो दुई छोरीको कुरा गर्दै पीडितलाई आफ्नो छोरी ठानेर व्यवहार गर्ने भन्दै मरिसनले दिएको प्रतिक्रियाको पनि चर्को आलोचना भएको थियो ।  रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्पन्न चरम महँगी र इन्धनको भाउमा भएको चर्को वृद्धि पनि अर्को कारण थियो मरिसनको पतनको । महँगी नियन्त्रण गर्न सरकारले ब्याजदर बढायो । यसले गर्दा धितोमा ऋण लिएकाहरु त मारमा परे नै पहिलो पटक घर किन्न लागेकोहरु पनि प्रभावित भए । चुनावी अभियान चलिरहेकै समयमा सरकारको सो निर्णय मरिसनका लागि खराब साबित भयो । मरिसनले आफूलाई जनतालाई चाहिएको जस्तो नेता देखाउन मात्रै खोजे, तर वास्तवमा उनी त्यस्तो थिएनन् । आफ्नो कार्यकालको अन्त्यतिर उनले जनताको मर्म बुझ्न थालेको जस्तो देखिएको थियो । यस पटक पनि जनताले मत दिए आफू सच्चिने भनेर उनले बताएका पनि थिए । तर जनताले उनलाई विश्वास गरेनन् । फलतः जनताले अर्को ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । लेबरले ९ वर्षपछि पुनः सरकार बनाउन पाएको छ भने ३ कार्यकालदेखि शक्तिमा रहेको लिबरल नेसनल गठबन्धन सत्ताबाट बाहिरिने भएको छ ।   

सम्बन्धित सामग्री

सुक्खासँगै बढ्यो आगलागी र डढेलो

डोल्पामा डढेलो निभाउन गएका सैनिकको मृत्यु, बारीमा लगाएको आगोमा परी धनकुटामा बालकको मृत्यु मुलुक आगलागी र

डढेलो निभाउने क्रममा घाइते भएका थप एकको मृत्यु

काठमाडौं । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हाे । गत बिहीबार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर […]

रामेछापका २८ सामुदायिक वनमा एकैसाथ डढेलो

रामेछापका विभिन्न वनमा लागेको डढेलोले महामारीको रुप लिएको छ । मन्थली नगरपालिका र आसपासको क्षेत्रका २८ वटा सामुदायिक वनमा एकैसाथ डढेलो फैलिएको छ । एकपछि अर्को वन क्षेत्रमा ठूलो डढेलो लागेकाले नियन्त्रणका प्रयास असफल हुँदै गएका छन् ।

जङ्गलमा लागेको डढेलो फैलिएपछि फ्रान्समा १४ हजारभन्दा धेरै सुरक्षित ठाउँमा सरे

जङ्गलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । फ्रान्सको दक्षिण पश्चिम जङ्गलमा डढेलो फैलिएको छ। नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ । डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ। आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार २ सयभन्दा धेरै नागरिक भागेका छन् । पछि केही फर्किएका खबरमा उल्लेख छ । पोर्चुगलको भू-भागमा भएको आगलागी भने अहिले नियन्त्रणमा आएको छ । डढेलो, तातो हावा ...

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यान – वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो। सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ […]

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो । सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बुढाथोकीको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यान– वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।  सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो […]

पर्वतका २०० हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागी (डढेलो) का घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयकाअनुसार पर्वतमा बर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी ह

डढेलो निभाउन गएका वृद्धको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ ।

अस्ट्रेलिया डढेलो प्रकोप: प्रधानमन्त्रीको विदेश यात्राको आलोचना

देशभित्र डढेलो प्रकोप भएका बेला बिदा मनाउन अमेरिका गएका अस्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागेका छन्।