१४ दिन क्वारेन्टिनमा नबसे कुम्भमेलाबाट फर्किएकालाई कारबाही हुने

काठमाडौं। कोरोना संक्रमणको बढ्दोदरलाई ख्याल गर्दै दिल्ली सरकारले कुम्भ मेलामा सहभागी भएका सबै श्रद्धालुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। आदेशअनुुसार ४ देखि १७ अप्रिलमा कुम्भमेलामा गएका मानिसहरुलाई २४ घन्टाभित्र दिल्ली सरकारको वेबसाइटमा आफ्नो नाम, ठेगाना, फोननम्बर तथा आएको र गएको मिति अपलोड गर्न समेत निर्देशन दिइएको छ। हरिद्वार जानेमध्ये १७०० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।

सम्बन्धित सामग्री

इजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्यु - NepaliPatra

एजेन्सी । इजरायल र हमास द्वन्द्व भएको १४ दिन बितिसकेको छ । हमासमाथि हवाई हमला गरेपछि इजरायली सेना अब जमिन आक्रमणका लागि पूर्ण रूपमा तयार छ । तर, इजरायली सेनाका केही सैनिकहरू अझै पनि गाजाको सीमा क्षेत्रमा प्रवेश गरी भूमिगत कारबाही गरिरहेका छन् । तर, अब पूरै इजरायली सेना गाजामा प्रवेश गर्न लागेको मिडिया रिपोर्टमा […]