इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताउनुभएको छ । “गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो”, शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उहाँले भन्नुभयो, “युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन ।” “हमासलाई …