काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न आमनिर्वाचनमा पूर्व प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु बहुमतसहित सत्तामा फर्किने देखिएको छ । चुनावपछि गरिएका मत सर्वेक्षणले नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले सजिलो बहुमत प्राप्त गर्ने देखाइएको छ । एक सय २० सदस्यीस संसदमा दक्षिणपन्थी शक्तिहरुले कम्तिमा ६२ सीट जित्ने मत सर्वेक्षणहरूको प्रक्षेपण छ । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री भईसकेका नेतान्याहूमाथि भ्रष्टाचारको […]