ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ। सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन्। उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो।

सम्बन्धित सामग्री

मेरो सांसद पद खारेज भइसकेको छैन : ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कासनमा परेका नेता ढाकाकुमार श्रेष्ठले आफ्नो सांसद पद खारेज भइनसकेको बताएका छन् । जबकी रास्वपाको संसदीय दलका नेता तथा डोलप्रसाद अर्यालले ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई कारबाही गरेपछि सांसद पद रिक्त भएकाले नयाँ सांसद नियुक्ति प्रक्रिया थाल्न भन्दै संघीय संसद् सचिवालयलाई पत्र लेखिसकेका छन् ।