‘आँखामा आगो, ओठभरि ज्वाला बोकी एकदिन मैले पनि कलंकीमा इन्ट्री हानें’ यो ‘पञ्च लाइन’ सँगै सुरु हुन्छ फिल्म । लाग्छ, भूपि शेरचनको सिनेम्याटिक युनिभर्सभित्र हामीले चिसो एस्ट्रेको उडान भर्दैछौं । यो उडानमा भूपिद्वारा वणिर्त पात्र, मनोदशा र भूगोल हामीसँगै सयर छन् । पचास वर्ष बितिसक्यो : समय उही छ, प्रश्न उनै छन्, काठमाडौंको चारभञ्ज्याङ खाल्डोले […]