‘चिसो एस्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक

दिनेश पाल्पालीको निर्देशन रहको फिल्म हो ‘चिसो एस्ट्रे’ । आगामी चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्मले पहिलो गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरेको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली आफैंले कोेरेका हुन् ।अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।  गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी मार्फत देखाइएको छ ।महेशबाबु तिमल्सिन