सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८ दशमलव ११ प्रतिशत बजेट रहेको छ।संवैधानिक व्यवस्थाअनुसार आज असार १ गते सातै प्रदेशका सरकारहरूले बजेट प्रस्तुत गरेका छन्।