संवैधानिक व्यवस्था बमोजिम असार १ गते सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको बजेट प्रदेशसभामा पेश गरेका छन् । सातै प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरूले प्रदेशसभामार्फत सार्वजनिक गरेका बजेटहरूमा न्यूनतम ३२ अर्ब देखि ७० अर्ब रुपैयाँ बराबरसम्मको बजेट ल्याएका छन् ।बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षका लागि सबैभन्दा कम कर्णाली प्रदेशले कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ भने सबैभन्दा बढी केन्द्रीय सरकार (सङ्घीय सरकार) समेत अवस्थित बागमत