सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने

काठमाण्डौ - सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुनेछन् ।&...

सम्बन्धित सामग्री

कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ, सीमा नाका पनि सुनसान बन्दै

मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाक

http://gorkhapatraonline.com/mainnews/2020-04-09-12035

नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ । त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्त्रालयका एक उच्चअधिकारीका अनुसार, सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । बोर्डर (सीमा) विओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी वलको पाँचहजार जनशक्ति फिल्डमा खटिएको छ ।