नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ ।
त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयका एक उच्चअधिकारीका अनुसार, सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । बोर्डर (सीमा) विओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी वलको पाँचहजार जनशक्ति फिल्डमा खटिएको छ ।