काठमाडौं, बैशाख ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जना र एक संस्थाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत उनीहरूले आपूर्तिकर्तासँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । उनीहरुविरुद्ध कृषि यान्त्रिकीकरण कार्यक्रममा मिनी टिलरको झुट्ठा बिल […]