काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप-पत्र दायर गरेको छ ।बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रक्रियाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस बापत १ लाख ३५ हजार लिएको आरोप छ । सूचना र उजुरी निवेदनका आधारमा टंगालबाट खटिएको आयोगको टोलीले बस्नेतलाई घुस लिइसकेको अवस्थामा गत फागुन १२ गते नियन्त्रणमा लिएको थियो ।अनुसन्धानको सिलसिलामा बस्नेतले जग्गा नामसारी गर्ने कामम