कपिलवस्तुको कृष्णनगर नाका हुँदै अवैध रुपमा भारत लैजान लागेको २२.५ टन केराउ (मटर) प्रहरीले बरामद गरेको छ । बुधवार राती पौने १० बजे ६ ओटा भारतीय मालवाहक ट्रकमा अन्दाजी ३३ लाख बरावरको केराउ प्रहरीले बरामद गरेको हो ।
कपिलवस्तु–कपिलवस्तुको सीमा क्षेत्रबाट भारततर्फ निकासी गर्न लागेको पाँच टन अवैध केराउ प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट ट्रकमा अवैध रुपमा भारततर्फ लाने तयारी गरिएको अवस्थामा ५ लाख बराबरको पाँच टन केराउ, प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले बरामद गरेको हो । यस्तै ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा […]
काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भा
प्रहरी नायब निरीक्षक (सई)ले सेटिङ गरेको केराउ तस्कर प्रहरी जवानले समाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले हिजो राती साढे १२ बजे गुलरिया नगरापालिका–१० बिनोद बर्माको मिल अगाडिको जमिनमा भन्सार छली गरेर लैजादै गरेको १ सय ६८ क्विन्टल केराउ बरामद गरेको थियो ।
त्यो भारत लखनउ रुरुक्पुरका व्यापारी गुड्ड खानले सेटिङ मिलाएर लैजादै थिए ।
सई विष्णु गिरी यस अघि रुपडिया नाकामा बसेका कारणले गुड्ड खानसँग राम्रो सम्बन्ध थियो ।
उनीहरुले आफुहरुले गरेको सेटिङ कसैलाई नभनिकन हिजो (भदौ ३) गते राती आ...
परासी, १४ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप […]
अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ ।
६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।
सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो ।
सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि...