काठमाण्डाै – गएकाे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गएकाे आर्थिक वर्षकाे वृद्धिदर माइनस १ दशमलव ९९ प्रतिशत कायम भएको तथ्याङ्क विभागले जनाएको छ । सरकारले कोरोना महामारीका बाबजुद पनि आर्थिक वृद्धिदर ऋणात्मक नभएको दाबी गरे पनि विभागले ऋणात्मक आर्थिक वृद्धिदर सार्वजनिक गरेको हो । कोरोनाका कारण पर्यटन तथा औद्योगिक क्षेत्र, उत्पादन र उपभोग कमजोर हुँदा आर्थिक वृद्धिदर ऋणात्मक ...