नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन् । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले बुधबार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए ।गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताए । देश अप्ठ्यारोमा परेको बेला जहिले