दाङ, असोज १२ । दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारिस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘दौड’ बाट बाहिरिए। अघिल्लोपटक निर्वाचन लडेको क्षेत्रबाट पुनः निर्वाचन लड्न नखोजेर महराले दुई सन्देश दिए। पहिलो, एमाले महासचिव शंकर पोखरेलसँगको ‘जुधाइ’ महंगो बन्ने खतरादेखि […]