वैशाख २२, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधवार) रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २३ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र २ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख ३० गते साधारण सभा बोलाएको हो । सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको छ ।