काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जनाएका छन् । पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।