दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने ,नियुक्त गर्‍यो विक्री प्रबन्धक

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचना जारी गर्दै कम्पनीले सानिका क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको जानकारी कम्पनीले दिएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रूपैयाँ कायम हुनेछ ।

सम्बन्धित सामग्री

शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने दोर्दी खोला जलविद्युतको निर्णय

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासनका लागि आवेदन पेस गर्नेछ ।