गत साउनमा सुदूरपश्चिमको बाबला गाउँकी ३५ वर्षीया विष्ट थरकी महिला बाह्रौं पटक सुत्केरी भइन् । १७ वर्षदेखि गर्भवती हुन थालेकी उनले सात छोरी जन्माइन्, दुई गर्भपतन भयो र दुई सन्तान मरेका जन्मे । यसपालि बच्चा पेटमा आएपछि, उनी निकै अशक्त भएकी थिइन् । व्यथा लाग्न थालेपछि भने गाउँलेहरूले तीन घण्टा गाडीमा राखेर जसोतसो अछामको बयलपाटा अस्पताल पुर्याएका थिए ।