नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ्ग सेवाका लागि सम्झौता

नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजँर अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कील हस्ताक्षर गरेको बै

सम्बन्धित सामग्री

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

काठमाडौं (अस) । नबिल बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता गरिएको छ । संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवामा छूट दिने उद्देश्यले सम्झौता गरिएको हो । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरूमा संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले नबिल बैंकका देशैभरिका शाखाबाट छूटको लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको समेत उपस्थिति थियो ।

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य चिकित्सक तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरूमा छुट दिने गरी सम्झौता गरेको छ ।बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अरू विभिन्न बैंकिङ सेवाहरूमा संघका सम्बन्धित सदस्य चिकित्सक तथा कर्मचारीले देशभरका नबिलको शाखा सञ्जालबाट विशेष छुटको लाभ पाउने जनाइएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र संघका […]

नबिल बैंक र परोपकारी अभियानबीच सम्झौता

काठमाडौं (अस) । उद्यमशीलता प्रवर्द्धन गर्ने सम्बन्धमा नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी)बीच सम्झौता भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईं र पीआईएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले गत चैत २५ र २६ गते काठमाडौंमा ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा कार्यशाला आयोजना गरेका थिए । युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी,  उद्यमी लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट विचार पीआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजकले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई बैंकले बैंकको नीतिको अधीनमा रही विभिन्न बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कार्यशालामा बैंकका नायव महाप्रबन्धक बजगाईंले युवा उद्यमशीलतामार्फत आर्थिक वृद्धि तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने बताए । युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित कार्यशालालाई सहयोग गर्न पाउनु उत्साहको विषय भएको उनको भनाइ थियो । आयोजक संस्थाका कार्यकारी निर्देशक खनालले बजार कहिल्यै नमर्ने भएकाले उद्यमशीलता पनि कहिल्यै नमर्ने धारणा राखे । राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्त्वपूर्ण रहेको उनले बताए ।

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

नबिल बैंक Nabil Bank Limited  र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आÏनो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन्। खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, Ïलाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी जस्ता ६०,००० भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ । आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसंगै ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार रहेको बनकले जनाएको छ ।

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तैगरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन् ।खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साइटमा भुक्तानी जस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तान

नबिल बैंक र दार्मा गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र सल्यानको दार्मा गाउँपालिकाबीच दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी भएको छ ।बैंकले समझदारीसँगै दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियम अनुसार कर्जा उपलब्ध गराउने छ ।यस्ता […]

वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि नबिल बैंक र सहजबीच सम्झौता

काठमाडौँ– प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता गरिएको छ। ग्राहकलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीका रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश १ […]

नबिल बैंकले गर्यो मुक्तिनाथ विकास बैंकसँग सम्झौता

काठमाडौं, भदौ । नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । दुईबीच ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको हो । सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स र लोकल बैंक ग्यारेन्टी जस्ता सुविधाहरु उपभोग गर्न सक्नेछन् । यो […]

नबिल बैंक–मुक्तिनाथ विकास बैंक व्यापारिक सम्झौता

काठमाडौं । नबिल बकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत प्रतीतपत्र, स्थानीय बैंक प्रत्याभूतिलगायत सुविधा उपभोग गर्न सक्नेछन् । सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधा उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । सम्झौतापछि दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार अगाडि बढाउने लक्ष्य राखिएको छ ।   ‘बैंकले सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्नेछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुँदा नबिल बैंक उत्साहित रहेको र दुवै बैंकका ग्राहकलाई बैंकिङ सेवा सुविधा उपलब्ध गराउन सहज हुने उनले विश्वास व्यक्त गरे । नबिल बैंकसँग भएको सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकले आगामी दिनमा प्रतीतपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्टलगायत वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरण मुक्तिनाथ विकास बैंकका शाखाबाट प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई समग्र बैंकिङ सेवा लिन सुविधा हुने मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलले जानकारी दिए ।

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनबीच सम्झौता

नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने […]