पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सो