प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
मध्याह्न करीब पौने १२ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २:२० बजे बाहिरिएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गरेको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध १२ वटा रिट परेका छन् ।
ती रिटमाथि आइतवार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।