भारतका केही अस्पतालले कसरी क्यान्सरको औषधीको लागत कटौती गरिरहेका छन् ?

असम (भारत) । भारतको उत्तर–पूर्वी राज्य असमको सिलचरस्थित एक क्यान्सर अस्पतालको प्रतीक्षा क्षेत्रमा सयौं बिरामी छन् ।  पछिल्लो केही महीनायता असम राज्यस्थित कछार क्यान्सर केन्द्रमा आउने बिरामीको संख्या असामान्यरूपमा बढिरहेको छ । उक्त केन्द्रमा आसपासका सहर तथा गाउँबाट बिरामी आउने गरेका छन् । यसको कारण हो– क्यान्सरको औषधी किफायती हुनु ।  यो अस्पताल नेशनल क्यान्सर ग्रिडको हिस्सा हो, जो उपचार केन्द्रको एक समूह हो । यसले ठूलो मात्रामा औषधी खरीद गरी लागत ८५ प्रतिशतभन्दा बढी कटौटी गरेको छ ।  यो कदम देशका गरिब परिवारका लागि जीवनरक्षक बनेको छ । महँगो तथा लामो उपचार चक्रका कारण यहाँका कतिपय परिवार आर्थिक समस्यामा परेका छन् वा उपचारबाट विमुख छन् ।  उदाहरणका लागि : स्तन क्यान्सरको उपचार १० भन्दा बढी चक्रसम्म चल्ने गरेको छ साथै यसको उपचारमा ६ हजार अमेरिकी डलरभन्दा बढी खर्च हुने गरेको छ । औसत मासिक तलब ७०० डलर भएको देशमा यो उपचार धेरैको पहुँचभन्दा बाहिर छ ।  ५८ वर्षीया बेबी नन्दी कछार अस्पताल क्लिनिकमा किमाथेरापीका लागि कुरिरहेकी छन् । यसअघि उनले स्तन क्यान्सरको उपचारका लागि २ हजार किमी यात्रा गर्नुपथ्र्याे । उपचारको पहिलो चक्रमै औषधीको लागत ६५० डलर पथ्र्याे, जबकि उपचारका लागि ६ चक्रको आवश्यकता थियो ।  यात्रा तथा बास खर्चकै कारण उनको परिवारको आर्थिक स्थिति बिग्रिएको थियो । अहिले भने उनले गृहशहर सिलचरमै एक तिहाइ लागतमै उपचार सेवा लिइरहेकी छन् ।  उनका पति नारायण नन्दी भन्छन्, ‘पहिला हामीसँग यति पैसा थिएन । त्यसैले उनको (पत्नी) उपचारका लागि चेन्नई लैजान जमिन बेच्नुपरेको र आफन्तसँग पैसा सापटी लिनुपरेको थियो । कम्तीमा अब हामी घरमै रहेर उनको पूरा उपचार गर्न सक्ने भएका छौं ।’  भारतमा प्रतिवर्ष लगभग २० लाख क्यान्सरका बिरामी देखिन्छन् । तर, कन्सल्टेन्सी फर्म ईवाईले भने यसको तीन गुणाभन्दा बढी बिरामी हुने गरेको अनुमान गरेको छ ।  भारतमा अधिकांश मानिसले स्वास्थ्य उपचारका लागि आफै पैसा खर्चिने गरेका छन् । बीमा वा सरकारी योजनामा सहभागी व्यक्तिहरूलाई पनि त्यहाँको रकमबाट पूर्णरूपमा क्यान्सर उपचार गराउन पुग्दैन ।  असमको ग्रामीण क्षेत्रमा सानो पसल चलाइरहेका अमल चन्द्राले यो समस्याबारे राम्रोसँग बुझेका छन् । सरकारी योजनाको अपर्याप्त रकमका कारण उनकी पत्नीको स्तन क्यान्सरको उपचार बीचमै रोकिएको उनी सम्झन्छन् । उनको पत्नीसँग सरकारी स्वास्थ्य कार्ड छ, जसबाट स्वास्थ्य उपचारमा १८ सय डलर खर्च गर्न सकिन्छ ।  उनले बीबीसीसँग भने, ‘मैले उनको बाँकी किमोथेरापी इन्जेक्सनको भुक्तानी गर्नका लागि २५० डलर सापटी लिनुपरेको थियो ।’ भारतका अधिकांश क्यान्सर बिरामी सहरी तथा ग्रामीण क्षेत्रमा बस्ने गरेका छन्, जबकि स्वास्थ्य देखभालका अधिकांश संशाधन ठूला सहरमा छन् । जसका कारण नन्दीजस्ता बिरामी र तिनका उपचारमा आउने परिवारका सदस्यहरूले उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।  स्वास्थ्य हेरचाह विशेषज्ञका अनुसार, भारतका यी क्षेत्रमा क्यान्सरको औषधी पुर्याउनु स्वास्थ्य सेवा प्रणालीको सबैभन्दा ठूलो समस्या बनेको छ । कछार क्यान्सर अस्पतालले भारतको उत्तर–पूर्वी पहाडमा उपचार सुविधा दिएर उक्त चुनौती पूरा गर्ने कोशिश गरिरहेको छ ।  अस्पतालमा प्रतिवर्ष ५ हजार नयाँ बिरामीको उपचार हुने गरेको छ । साथै अस्पतालले २५ हजार पुराना बिरामीको उपचार प्रबन्ध गर्ने गरेको छ, जसमा कम तलब पाउने कर्मचारी र उपचार गर्न नसक्ने बिरामी पर्छन् ।  यसबाट गैर–नाफामुखी संगठनको फण्डिङमा तीव्र दबाब पर्ने गरेको छ । अर्थात् अस्पतालले प्रतिमहिना २० हजार डलरभन्दा बढी बजेट घाटाको सामना गर्नुपर्छ ।  अस्पताल सञ्चालनको नेतृत्वकर्ता अन्कोलोजिस्ट डा. रवि कन्नन क्यान्सरको औषधीको लागतमा कटौतीको पहलबाट उनीहरूलाई गुणस्तरीय औषधी खरीद गर्न तथा धेरैभत्दा धेरै बिरामीको निःशुल्क उपचार गर्न मद्दत मिलेको छ ।  यसबाट सानो शहरका अस्पतालहरूले क्यान्सरको औषधी अभावको समस्या भोग्नुपरेको छैन । पहिले बिरामीको कम संख्या तथा औषधी खरीदमा छुट्याइएको सीमित रकमका कारण ठूला शहरभन्दा बाहिर औषधीको आपूर्ति अनियमित हुने गरेको थियो ।  डा. कन्ननले भनेका छन्, ‘औषधीको मूल्य पहिले नै तयार गरिएको छ साथै सबै अस्पताललाई बराबर आपूर्ति गर्ने प्रतिबद्धता गरिएको छ ।’ औषधी थोक मूल्यमा खरिदको पहल गर्ने नेतृत्व देशको सबैभन्दा ठूलो क्यान्सर केन्द्र, मुम्बईको टाटा मेमोरियल हस्पिटलले गरेको थियो । यसको प्रारम्भिक सूचीमा ४९ ओटा सामान्य अफ पेटेन्ट औषधि राखिएको थियो, जसले फार्मेसीको लागत ८० प्रतिशत कभर गथ्र्याे । यसबाट समूहलाई १७० मिलियर डलर बचत भएको थियो ।  योजनाको सफलताबाट देशभरका अस्पताल तथा राज्य सरकारको आकर्षित भए । दोस्रो चरणमा थप १०० औषधी थपिए । यद्यपि धेरै महँगो उपचार भने योजनाको हिस्सा छैन ।  राष्ट्रिय क्यान्सर ग्रिडका संयोजक एवं टीएमएचका निर्देशक सी एस प्रमेश भन्छन्, ‘फार्मास्युटिकल कम्पनीले भारतजस्तो बजारका लागि यो सम्झिन आवश्यक छ कि जबसम्म लागत कम हुँदैन तबसम्म ठूलो परिणाममा विक्री हुँदैन । यो कुखुरा र अण्डाको घटनाजस्तै हो ।’ विश्वमा क्यान्सरबाट मर्ने ७० प्रतिशत बिरामी भारतजस्ता निम्न तथा मध्यम आय भएका देशका भएको अनुमान छ, यसकारण राष्ट्रिय क्यान्सर ग्रिडले गरेको पहल विश्वभरका बिरामीलाई मद्दत गर्न महत्त्वपूर्ण हुन सक्छ । बीबीसी  

सम्बन्धित सामग्री

ईशान अस्पतालले सेवा विस्तार गर्ने

ईशान बाल तथा महिला अस्पतालले स्थापनाको २८औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो सेवा विस्तारको योजना सार्वजनिक गरेको छ । ०५२ सालमा ईशान नर्सिङ होमको नाममा १५ शड्ढयाबाट सुरु भएको यस अस्पतालले अहिले...

इशान अस्पतालले ३ दिने निःशुल्क फिजीयोथेरापी शिविर गर्दै

इशान बाल तथा महिला अस्पतालले फिजीयोथेरापी शिविर संचालन गर्ने भएको छ। अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने भएको हो।

अस्पतालले यसरी गर्दैछन् फोहर व्यवस्थापन

काठमाडौं उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौं महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालका निर्देशक डा मनि

अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन

काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन […]

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले आज सूचना जारी गरी ९ औँ तहको चिकित्सकसहितका पदमा दरखास्त आह्वान गरेको हो।

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी माग गरेको छ । अस्पतालले विभिन्न ६ पदमा १४ कर्मचारीको माग गरेको हो । अस्पतालले फार्मेसी अधिकृत, फार्मेसी सहायक, रेडियोग्राफर टेक्निसियन, ल्याब असिस्टेन्ट सहायक कम्युटर अपरेटरको माग गरेको हो ।अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवाका लागि कर्मचारीका लागि दरखास्त आह्वान गर्न माग गरेको हो । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ ।

ग्राण्डी अस्पतालले घरघरमा पुगेर पिसिआर परीक्षण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले  घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाव सङ्कलन गर्न लागिएको जानकारी दिए । “गत बुधबारदेखि पिसिआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

काठमाडौं। भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो। वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो। त्यसका लागि प्रदेश सरकारले दुई करोड उपलब्ध गराउने निर्णय भएको बताइएको छ। रासस

टेकु अस्पतालले पिसिआर रोक्यो

काठमाण्डौको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ ।अस्पतालले मुख्य प्रवेशद्धारमा नै पिसिआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको […]

अस्पतालले शय्या लुकाएमा कारवाही गर्ने सरकारको चेतावनी

कोभिड–१९ संक्रमणको उपचारका क्रममा अस्पतालले शैया लुकाएमा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । सबै अस्पतालले आफूकहाँ उपलब्ध शय्याको दैनिक विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने भएको छ ।   सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएमा कारवाही गर्ने चेतावनी दिए ।  ‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ...