ठूलीभेरीका एक सय सत्तरी घरधुरीलाई नि:शुल्क सोलार वितरण
डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ९ का १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ। कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत वडाका सम्पुर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो।
शनिबार एक औपचारिक कार्यक्रमबिच मोतीपुर, डाँगीबाडालगायत...
शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
ओखलढुङ्गा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा रु छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन शुरू गरिएको छ ।
भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कूल रु छ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ को लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिडबाट ककनीका एक सय ९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि शुरू गरिएको थियो ।
आयोजनामा गाउँपालिकाले रु ६० लाख र हाउस वायरिङका लागि वडा नं–९ ले रु दुई लाख उपलब्ध गराएको थियो । मिनिग्रीटको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ । विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको छ । केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ । रासस
ओखलढुंगा । ओखलढुंगाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा गत असार ७ गते बेलुका परेको अविरल बर्षाले बिलन्दुको ढाडखोला माईक्रो हाईड्रोको पावार गृह बगाउँदा बिलन्दुका ४ सय घरपरिवार विद्युत बिहीन बनेका थिए । विद्युत् बिहीन बनेका नागरिकहरुलाई गाउँपालिकाले सोलार वितरण गरी पहिरोका कारण अन्धकार बनेको गाउँलाई उज्यालो बनेउने कोशिस गरेको छ । करिब २ सय परिवारलाई सोलार […]
डोल्पाको तल्लो क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका स्थानीयलाई निशुल्क सोलार वितरण गरिएको छ। गाउँपालिकाका ६ वटा वडाका ८ सय ५० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको हो।
गाउँपालिकाका वडा नं १,२,३,७,८ र ९...
मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँका भेडा पालक कृषकलाई २२ वटा त्रिपाल, २२ थान सोलार सेट र १११ वटा कैची बितरण गरिएको छ ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको...