सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । कदमाहामा बुधबार एक कार्यक्रमका बीच नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो । बालविवाहमुक्त घोषणा हुने सुरुंगा मधेस प्रदेशकै पहिलो पालिका हो । नेपालको कानुनले विवाह गर्ने उपयुक्त उमेर २० वर्षलाई तोकेको छ ।