चौतारा : गएरातिको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुग्दा इन्द्रावती, पाँचपोखरी पुग्ने यातायात अवरुद्ध भएको छ। गत असार १ गते बाढीका कारण पक्की पुल भत्किएपछि त्यहाँ ह्युम पाइप हालेर अस्थाई पुल बनाइएको थियो।
बुधवार राति पनि वर्षाकै कारण पुलमा क्षति पुगेपछि मेलम्चीका मेयर आइतमान तामाङ मर्मतका लागि…