सरकारले ज्येष्ठ नागरिक तथा शारीरिक अपाङ्ता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ । स्थानीय तहबाट वितरण हुँदैआएको सो भत्तामा अनियमितता भएपछि बैङ्कमार्फत भुक्तानी दिन थालिएपछि अर्को समस्या थपिएको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता …