उनले भने, ‘भर्खरै सरकार बनेको छ। सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन्। पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन्। संयुक्त सरकार भएकाले सबैलाई समेट्न सकिएन। भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु।’
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरूलाई समेट्न नसक्दा दुःख लागेको बताएका छन्। बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा बोल्दै देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसक्नु आफ्नो बाध्यता भएको बताए। प्रधानमन्त्री देउवाले अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिने आश्वासन समेत दिए।
काठमाडौँ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । ‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौँ’, स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा उनले भने ‘आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’ प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले हिजो (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका […]