डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड, नेपाली मुद्रा हालसम्म कै कमजोर अवस्थामा

नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले आज बिहिबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३२ रुपैयाँ ५४ पैसा कायम गरेको छ। डलरको विक्रीदर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो । केहि दिन स्थिर रहेको डलरको दर फेरी बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १३२ रुपैयाँ ५४ पैसा खर्च गर्नु पर्नेछ । अर्थात् नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो। पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा डलर बलियो हुदै गएको छ ।  भारतीय मुद्रा (भारु) भने कमजोर बन्दै आएको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । नेपालमा पर्नेछ यस्तो असरडलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ। यो पनि : अमेरिकी डलर किन यति बलियो भएको हो, यसले नेपाललाई कसरी प्रभाव पार्छ ?

सम्बन्धित सामग्री

सुनचाँदीको भाउ आज बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी आज ५ रुपैयाँले बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको एक लाख ११ हजार तीन सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

के–के भएको थियो इतिहासमा आज ?

आज मिति २०७९ साल चैत ९ गते बिहीबार । चैत्र शुक्ल द्वितीया तिथि । इस्वी संवत् सन् २०२३ को मार्च २३ तारिख ।  आज विश्व मौसम दिवस पनि हो । इतिहासमा...

आज नेप्से आज बन्द

काठमाडौँ – सेयर बजार बुधबार बन्द हुने भएको छ। आज पुस २७ गते अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती। साेही अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ। नेपाल एकीकरणका नायक शाहको जन्मजयन्तीका अवसरमा भएकाे सरकारी बिदाका कारण आज नेप्से बन्द हुने भएको हो। नेप्से अब भाेलि बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक २१.३४ […]

यस्तो छ आज मौसमको पूर्वानुमान

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान भने देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली […]

नयाँ मन्त्रीहरूकाे शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले आज शपथ लिन लागेका हुन् ।

चिप्लि लडे आज

खाने लाउने सपना सबै डढे आज हेर्दामा लुरे थिए भर्‍याङ् चढे आज।। भाषणका जात्रामा सबै बन्धु ठाने दल दलमा नडुबि अघि बढे आज।।   केकेन गर्छु भन्ने घोषणाका पोका सहरका फाहोरमा डुबि सडे आज।।   सँधै पर्छ उहि दाउ भनि ठाने तिन्ले अब बल्ल नयाँपाठ सिके पढे आज।।   के कति कुम्ल्याउन थैली बोकि धाए […]

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य११८.३६रुपैयाँ र बिक्री मूल्य११८.९६रुपैयाँ कायम गरेको छ। यस्तै आज एक यूरोको खरिद मूल्य १३९.२१रुपैयाँ र बिक्री मूल्य१३९.९१रुपैयाँ रहेको बैंकले जानकारी गरायो। यसैगरी आज केन्द्रिय बैंकले प्रति पाउण्डको खरिद मूल्य १६४.२१ रुपैयाँ र बिक्री मुल्य १६५.०४ रुपैयाँ कायम गरेको छ। आज एक अष्ट्रेलियन डलरको खरिद मूल्य८७.०६रुपैयाँ र बिक्री मूल्य८७.५०रुपैयाँ तय रहेको छ।

आज सेयर बजार बन्द हुने

काठमाडौं। आज धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उल अज्हा (बकर इद) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएपछि नेप्से पनि बन्द हुने भएको हो।

यस्तो छ आज डलरको मूल्य

काठमाण्डौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९ रुपैयाँ र बिक्री मूल्य ११९.६० रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.४९ रुपैयाँ र बिक्री मूल्य १४१.२० रुपैयाँ कायम गरेको छ। यस्तै आज केन्द्रीय बैंकले आज प्रति पाउण्डको खरिद मूल्य १६३.९१ रुपैयाँ र बिक्री मूल्य १६४.७४ रुपैयाँ कायम भएको जानकारी गराएको छ।

राति भयो आज

फुट्ने जुट्ने ठेगान पनि थाती भयो आज एउटै थालमा मुख चोब्ने घाती भयो आज।। डाक्टर झाँक्री सबै लागे व्यथा खुट्याउन जिउमा आको लुतोफोका जाती भयो आज।। बत्ति बाल मुलुक भरि ल्यायौँ हामीले भन्दा दियो फुक्दै लेखोट पोल्ने साथी भयो आज।। ह्याकुल्लो पिटि कुर्लिन्थे ढ्वाङ फुक्दा खेरि फित्ताले नाप्दा भँगेराको छाती भयो आज।। खान पाउँदा दुइटै […]