गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न गएका भगवान शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ ।प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ । धनुर्मामास पूजापछि मङ्गलबार दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको नियम छ । यो पूजापछि भगवान शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जाने भएकाले मन्दिर बन्द गरिने गरेको विश्वास छ ।धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्री