राैतहट – जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले राजीनामा दिनुभएकाे छ ।
पटेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज मङ्गलवार राजीनामा दिनुभएकाे हाे । केही दिनदेखि पार्टी नेतृत्वप्रति असन्तुष्ट रहनुभएका उहाँले नेकपा एमालेसित जसपाले गरेको गठबन्धनप्रति असहमति जनाउँदै पार्टीको जिल्ला अध्यक्षबाट राजीनामा दिएकाे बताउनुभएकाे छ ।
मङ्गलवार एक विज्ञप्ति निकालेर पटेलले जसपाले नागरिकताजस्ताे गम्भीर मुद्दामा गैरजिम्मेवार भइ आँखा चिम्लेर रातारात एमालेकाे शरणमा जानु आत्मघाती र ...