विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुक्रबारदेखि फेरि हुने

काठमाण्डौ – केही दिनदेखि रोकिएको उद्धार उडान शुक्रबार जुलाई ३१ देखि फेरि सुरु हुँदैछ । जुलाई ३१ देखि अगष्ट ८ सम्म उद्धार उडान तालिका तय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । प्रतिकुल मौसमको कारण विदेशबाट उद्धार गरेर ल्याइएकालाई सम्बन्धित पालिका वा जिल्लामा पुर्याउन समस्या भएपछि केही दिनयता उ...

सम्बन्धित सामग्री

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ।

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो । उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ ।