लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी फागुन १२ गतेभित्र प्रदेशको राजधानी व्यवस्थापन तीव्र गतिमा गर्न राप्ती प्राविधिक शिक्षालयलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्तानान्तरण समितिको बैठकमा राजधानी निर्माणका लागि शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाइ दिए त्यसमा ग्रामीण पर्यटन एवं पूर्वाधार मन्त्रालयले त्यसको व्यवस्थापनका लागि सबै तयार गर्ने बताए ।
उनले प्रदेश सरकारले स्तानान्तरणका लागि कार्ययोजना बनाएर पेश गर्न शिक्षालयलाई रु १० करोड प्रदान गरेको उल्लेख गर्दै ...