विद्युतीय सवारीको एक्सपो आयोजना गर्दै नाडा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय गरेको छ । अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको आठौँ बैठकले असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्सपो आयोजना गर्ने निर्णय गरेको हो ।  सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि...

सम्बन्धित सामग्री

दिल्ली अटो एक्सपो सम्पन्न, अटो ट्रेड डाइलगमा नेपालको तर्फबाट नाडाको प्रतिनिधित्व

काठमाडौँ । गत जनवरी १३ देखि भारतको नोइडामा आयोजित १६ औं दिल्ली अटो एक्सपो, २०२३ सम्पन्न भएको छ । सोसाइटी अफ इण्डियन मेनिफेकचरिङ्क एशोसिएशन (एसआईएएम) को आयोजनामा इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा ६ चलेको

हुण्डाइको लक्जरियस आयोनिक–५ : नाडा इभी एक्सपोको ‘हट केक’

नेपाली बजारमा विद्युतीय गाडीहरू बढ्दै छन् । विभिन्न कम्पनीहरुले आफ्ना नयाँ नयाँ मोडल ल्याउँदैछन् । सँगै, ‘लक्जरियस इलेक्ट्रिक भेहिकल’ पनि भित्रिने क्रम जारी छ ।यस्तै मध्येको एउटा हो, गाडीहरुलाई ‘फुल डोज’ लक्जरियस ‘फील’ गराउने हुण्डाईको ‘आईओनिक–५’ । सन् २०२२ को सुरुवातबाट हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको ‘आईओनिक–५’ हालसम्मकै लक्जरियस इलेक्ट्रिक गाडी हो ।‘नेचुरल ईभी’कोरियामा सन् १९७५ मा पोनी (PONY) गाडी निकालिएको थियो । निकै आकर्षक डिजाइनको उक्त गाडीको झल्को दिने गरी कोरियन कम्पनी हुण्डाईले ‘आईओनिक–५’को डिजाइन गरेको छ । अझ यसमा निकै आधुनिक फिचरहरु थपिएका छन् ।पूरानो र कलात्मक डिजाइनमा आधुनिक प्रविधिको मिश्रण गराएर ईजीएमपी (इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म)मा आधारित भएर यो गाडीको डिजाइन गरिएको छ । सुरुबाटै यसको डिजाइन इलेक्ट्रिक डिजाइन हो ।यो गाडीमा ब्याट्री बाहिर राखिएको नभई यसमा डिजाइन गर्दै च्यासिसभित्रै जडान गरिएको हुन्छ । त्यसैले यो गाडी ‘नेचुरल ईभी’ हो भन्न सकिन्छ । अत्याधिक विशेषता र लक्जरियसआइओनिक–५ मा निकै विशेषता छन् । यसको डिजाइनिङ र स्टाइल निकै आधुनिक र लक्जरियस छ । यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट, ३६० डिग्रीको क्यामेरा पाउन सकिन्छ । ‘ब्लाइन्ड स्पट मोनिटरिङ’ ले ५० डिग्रिमा दृश्य देखाउँछ । सामान्य अरु गाडीहरुले ऐनाबाट २५ डिग्रीमा मात्रै देखाउँछन् । सिटहरु इलेक्ट्रिक सिस्टमले ‘सेट’ गर्न सकिन्छ । ड्राइभर र ड्राइभर छेउका २ वटा सिटमा पनि फरक फरक ‘स्पिड’का एसी लगाउन सकिने विशेषता छ । जस्तो, ड्राइभर सिटमा एसी २० लगाईएको छ भने छेउको सिटमा १७ मात्रै लगाउन पनि सकिन्छ । स्टेरिङको छेउमा १२.२५ इन्चका २ वटा डिस्प्ले छन् । हुण्डाईका अरु गाडीमा भन्दा यसमा गजबको फरक के छ भने स्टेरिङमा ‘एच’ लेखिएको छैन । ‘मोर्स कोड’ अनुसार ४ वटा ‘डट’ (थोप्ला’ हुन्छन् । मोर्स कोडमा ४ वटा डट भनेको ‘एच’ हो । ड्राइभर साइट र अर्को छेउकै सिटको बीचमा हुने ‘सेन्ट्रल कन्स्लोभ’ ‘मुभ’ हुन्छ । त्यसलाई सारेर त्यहीँबाट ओहोरदोहोर गर्न सकिन्छ ।छेउको हात राख्ने ठाउँ र स्पिकर भएको ठाउँ रातीको समयमा लाइटले लक्जरियस देखिन्छ । आई–पेडल मोड र भी२एल (भेहिकल टू लोड) यसका अर्का विशेषता हुन् । यसमा एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न मिल्छ । चार्ज गर्नु परेन भने रहेको चार्जले टिभि चलाउन मिल्छ, फ्रिज र वाशिङ मेशिन जस्ता विद्युतीय उपकरण चलाउन सकिन्छ । वातावरणमैत्री पनि‘लक्जरियस ईभी’ ‘आईओनिक–५’ले एकातिर नेपालको आफ्नै बिजुलीको खपत बढाएर इन्धनमा बाहिरिने रकम बचत गर्न योगदान गर्छ भने अर्कोतिर यो वातावरणमैत्री पनि छ । विद्युतीय गाडी आफैँमा वातावरणमैत्री हुन्छन् । तर, यो यसमा पनि ‘एडभान्स’ छ । यस भित्र डिजाइन गरिँदा ब्याट्री र अरु उपकरणबाहेक सबै ‘रिसाइकल आइटम’बाट सजावट गरिएको छ ।‘फ्ल्याक्स सीड्स’, रिसाइकल प्लास्टिकहरु प्रयोग गरिएको छ । १२५ किलोवाट मोटर क्षमता र ५८.९ किलोवाट आवर ब्याट्री क्षमता भएको यो ईभीको डीकी बटमबाटै खोलिन्छ । अगाडीको बोनेट पनि ‘अटो’ अडिन्छ ।उच्च सुरक्षा मापदण्डआईओनिक–५ सुरक्षाका दृष्टिकोणले पनि निकै मजबुत मानिन्छ । ‘युरो एनकेप’ले गरेको ‘र्याङ्किङ’मा यो गाडीले ‘फाइभ स्टार’ पाएको थियो । फाइभ स्टार भनेको सबैभन्दा उच्चतम् अंक हो ।यसको अगाडी र पछाडीको टायरको दुरी ३ हजार मिलिमिटर छ । ४ हजार ६३५ मिटर लम्बाइ भएको यो गाडी सोलार रुफ र भिजन रुफ २ भेरियन्टमा पाइन्छ । यसको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राउण्ड क्लियरेन्स हो । १६० मिलिमिटरको ग्राउण्ड ग्राउण्ड क्लियरेन्स छ । यसमा कसैलाई ‘अफ रोड’ कुदाउन शंका लागे १ इन्चसम्म बढाउन सकिन्छ । कम्पनीले नै बढाइदिने सुविधा छ ।सोलार रुफमा सोलार प्यानल नै जडान गरिएको हुन्छ । त्यसबाट पनि अटोमेटिक चार्ज हुन्छ ।एक पटकको फूल चार्जमा सोलार रुफमा ४५० किलोमिटरसम्म (प्रयोगकर्ताको अनुभवका आधारमा) र भिजन रुफमा ३७५ किलोमिटरसम्म कुद्न सक्ने यो गाडीको खरिदमा ‘लेभल वान’ चार्ज हुने ‘वायर लेस’ चार्जर पाइन्छ । लेभल–२ र लेभल–३ बाट छिटो चार्ज हुन्छ । लेभल–३ चार्जर भनेको डीसी चार्जर हो । यसबाट १८ मिनेटमै फूल चार्ज हुन्छ । १८ मिनेट चार्ज गर्दा ५ सयभन्दा केही बढी शुल्क लाग्छ । भिजन रुफमा एक पटक फूल चार्ज गरेपछि ३७५ किलोमिटर कुद्ने दाबी गरिएको र सोलार रुफमा सोलारबाट पनि चार्ज हुने भएकाले ४४० देखि ४५० किलोमिटर कुदेको अनुभव प्रयोगकर्ताबाटै आएको हुण्डाईका सेल्स कन्सल्टेन्ट बताउँछन् ।स्पेयर पार्टस्मा समस्या नहोस् भनेर कोरियाबाटै १९ इन्चको ‘ह्वील’ ल्याइएको छ ।विभिन्न ९ फरक रङ्गहरुमा उपलब्ध यो गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार पर्छ । नाडाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ मा यो गाडी प्रदर्शनमा राखिने छ । हुण्डाईका सेल्स कन्सल्ट्यान्ट दीपेश गौतम भन्छन्, ‘हुण्डाईको यो ईभी एडभान्स छ, लक्जरियस छ । यो वातावरणमैत्री पनि छ । यसमा नेपालकै बिजुली प्रयोग हुन्छ । डिजेल र पेट्रोलभन्दा ९ गुणा बढी सस्तोमै चार्ज गरेर हिड्न सकिन्छ ।’

नाडा इभि एक्सपो २०२२ को तयारी तीव्र

नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको इभि एक्सपो २०२२ को तयारी तीव्र रुपमा अघि बढेको नाडाले जनाएको छ ।सो प्रदर्शनीमा चार पांग्रे, तीन पांग्रे दुई पांग्रे विद्युतीय सवारी साधनको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीसमेत गरी ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता […]

इभी एक्स्पो २०२२ को लक्की ड्र सम्पन्न, ४५ कम्पनी सहभागी हुने

नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार ईभी एक्स्पोमा भाग लिनेगरी कुल ४५ कम्पनीले नाम दर्ता गराएका छन् ।एक्स्पोमा चार पाँग्रेदेखि तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कूल ४५ भन्दा बढी कम्पनीहरु

नाडाले विद्युतीय सवारीको एक्सपो आयोजना गर्ने

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय गरेको छ । अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समितिको आठौँ बैठकले असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्सपो आयोजना गर्ने निर्णय गरेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । यसका लागि भाद्र १ गते देखि ५