पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ ।  अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्द

सम्बन्धित सामग्री

मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौ प्रत्यारोपाण गरेर सोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर […]

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य समस्या के हो ?

२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ …

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।