कृषी खेती गर्न बाँझो जमिन खोज्दै स्थानीय सरकार

खेतियोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछी पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भुमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजि गरिरहेको छ।...

सम्बन्धित सामग्री

बाँझो जमिन भाडामा लिएर खेती

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत गरी हाल प्याज खेती गरिएको छ । बढ्दो बसाइँसराइले गाउँका जमिन बाँझो हुनुका साथै बेरोजगारी बढेको भन्दै रोजगारीको सिर्जना र आर्थिक उत्पादन वृद्धि गरी आत्मनिर्भर नगरपालिका बनाउन बाँझो जग्गा उपयोगको कार्यक्रम ल्याइएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । नगरपालिकाले बाँझो रहेका जग्गाधनीसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो

सहकारीद्वारा सामूहिक आलु खेती

गलेश्वर, ९ साउन । पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ । सहकारीले […]

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

मध्यविन्दु, ६ चैत । भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने मेहेनत गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्नेमा विश्वस्त भएका छन् । निर्वाहमुखी खेती गर्दै आएका यहाँका […]

बाँझो जमिन उपयोग गरी चिया खेती विस्तार गरिँदै

पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरुडाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा स्वास्थ्यको खोजी लगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके । गाउँबाट बसाइँसराईको दर उल्लेख्य बढेपछि अहिले खेतवारी पुरै झाडी र बुट्यानले भरिएको छ । ढुंगाको छानो भएका, चिटिक्क परेका घरहरु भग्नावशेषमा परिणत […]

बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार

काठमाडौँ । बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरूप प्रति रोपनी २ हजार दिने भएको हो । ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि […]

बाँझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी २ हजार

बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको हो ।ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : केपी  ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा मंगलबार आयोजित सभामा ओलीले भने, ‘नेपालमा बाँझो जमिन छ, उता भारततर्फ खेती...

खेतबारी हराभरा हुने आशा बहसमै सीमित

कोभिडको महामारी सुरु हुँदै गर्दा शहरमा बसेकाहरु गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय बाँझो रहेको जमिनमा खेती गरियो भन्ने अड्कलबाजी गरिए । सरकारले समेत बाँझो जमिनको सदुपयोगका लागि बाँझो जमिनमा खेती गर्नेलाई …

कृषि क्षेत्रमा २ अर्ब ९० करोड बजेट विनियोजन

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा कृषि क्षेत्रको विकासको लागि २ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ। किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिने, बाँझो जमिन खेती गर्ने किसानलाई विशेष अनुदान, कृषि उत्पादनलाई भण्डारण र प्रशोधनको व्यवस्था गर्ने, फलफुल खेति, बाख्रापालन, गाइफार्म, चिस्यान केन्द्रलगायतका क्षेत्रमा बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।