काठमाडौं । स्पेनमा एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । स्पेनको लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर उचाइबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिका कारण बस बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । […]