चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुलबाट मजदुर खसेका छन् । पुल निर्माणका लागि बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । मृतक यादव भारतको बेतियाका हुन् ।आइतबार बिहान त्रिशूलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।