काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए । काममा ढिलाइ हुँदा लागत बढ्ने र ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने...