बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसमा शुभकामना सन्देश

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले वसन्त विद्रोहको राप–तापमा स्थापित लोकतन्त्रले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेको बताएका छन् । उनले आज मनाइँदै गरिएको लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वर्तमान परिपेक्षमा सामाजिक रुपान्तरण र आर्थिक क्रान्तिलाई सम्पन्न गर्न हामी सबैले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्ने बताए ।प्रदेश प्रदेश प्रमुख शर्माले लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

श्रमिक वर्गले गरिखाने अवसर निर्माण गरौँ : बागमती प्रदेश प्रमुख शर्मा

हेटौँडा – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् । ‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको […]

फागु पर्वले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछ : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रङहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (बिहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रबार चैत ४ मा मनाइँदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गरेका छन् ।उनले जारी गरेको शुभ