धनगढी, भदौ ४ । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। साउन दोस्रो साताबाट कोरोना भाइरसको नयाँ लहर फैलिन सुरु भएकोमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ। एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। […]