काठमाडौं। कामना सेवा विकास बैंकले शनिवार शाखा कार्यालय भोटाहिटीमार्फत ‘अम: भिसा पुच:’को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कमलादी गणेशस्थानको कुमारी पूजामा सहभागी हुन आएका बालबालिकाबीच उक्त कार्यक्रम गरिएको हो ।
बालबालिकाको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानैदेखि बचतको महत्त्व र बचत गर्ने बानी बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा बैंकका कर्मचारीले बालबालिकालाई वित्तीय परिचालन सम्बन्धी जानकारी दिनुका साथै झोला लगायत सामग्री वितरण गरेका थिए ।