सुर्खेतको भेरिगङ्गा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडा नं.– १ का वडाध्यक्ष नवराज कार्कीको शोकमा सार्वजनिक बिदा दिएको हो । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्प