पोखरा । गण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५६ जनामा गरिएको पीसीआर परिक्षणमा ६३२ जनामा संक्रमण देखिएको हो । मंगलबार प्रदेशका ११ जिल्ला मध्ये मनाङ बाहेक अन्य जिल्लाहरुमा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार कास्कीमा ३५६ जना, स्याङजामा ८६, पर्वतमा ६०, नवलपरासी पूर्वमा ४५, तनहुँमा ३७ जना रहेका छन् । त्यस्तै गोरखामा २५, म्याग्दीमा ८, लमजुङमा ३, बाग्लुङ र मुस्ताङमा २÷ २ जना रहेका छन्